कास्कीमा १३ जना सहित देशभर ४ सय ३५ जनामा कोरोना संक्रमण
पाेखरा | साउन ५, २०७९
पोखरा: पछिल्लो २४ घण्टामा देशभर ४ सय ३५ र कास्कीमा १३ जनामा कोरोना संक्रमित देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परिक्षण र एन्टिजोन परिक्षणगर्दा देशभर थप ४ सय ३५ जनामा र कास्कीमा १३ जनामा कोरोना देखिएको हो ।
आज(बिहीबार) गण्डकी प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले प्रेस विज्ञप्ति प्रकाशित गर्दै कास्कीमा १३ जना सहित गण्डकी प्रदेशमा २४ जनामा कोरोना संक्रमण भएको उल्लेख गरेको छ ।
प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ,‘गण्डकी प्रदेशमा अद्यावधिक तथ्याङ्क विवरण बमोजिम कोभिड–१९संक्रमित कुलसंख्या १लाख २ हजार २ सय १९ रहेको छ । र पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालाहरुमा गरिएको पिसिआर र एण्टीजेन परीक्षणमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।’
विज्ञप्तिमा भनिएको छ,‘ परीक्षणमा गण्डकीको ११ जिल्ला मध्य कास्कीमा १३,तनहुँमा ३ र स्याङ्जाका ८ जनामा कोरोना संक्रमित पाइएको हो । ’
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

